अप्सरीको ह्याट्रिक, उपाधि जित्न कोशीलाई ११५ रनको लक्ष्य

लोकपथ
65
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधि जित्नका लागि विभागीय क्लब एपीएफले कोशी प्रदेशलाई ११५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११४ रन बनायो । कोशी प्रदेशका लागि अन्तिम ओभरमा अप्सरी बेगेमले ह्याट्रिक विकेट लिइन् ।

एपीएफमाथि सुरुमा कोशी प्रदेश हावी भएको थियो । ३.३ ओभरमा १३ रन बनेका बेला एपीएफले पहिलो विकेट गुमाउन पुग्यो । एपीएफकी कप्तान सीता रानागमर व्यक्तिगत १ रन बनाएर आउट भइन् । उनले ८ बल फेस गरिन् । त्यसपछि ओपनर ज्योति पाण्डे र इन्दू वर्माले पारि सम्हाले पनि रन बनाउन भने निकै संघर्ष गरेका थिए । ९.१ ओभरमा टिमको स्कोर ४१ रन भएका बेला एपीएफले दोस्रो विकेट गुमाउन पुग्यो ।
एपीफकी ज्योति पाण्डे ३० बलमा २७ रन बनाएर आउट भइन् ।

उनले ३ चौका प्रहार गरिन् । यस्तै, रोमा थापाले १५ बलमा १४ रनको पारि खेल्दा ममता चौधरीले ६ बलमा ३ रनको मात्र योगदान गरिन् । १९.१ ओभरमा आउट भएकी इन्दू वर्माले अर्धशतकीय पारि खेल्दै टिमको स्कोर १०० प्लस कटाइन् । व्यक्तिगत ५३ बर बनाउँदा ४७ बल फेस गरिन् । उनको ब्याटबाट १ छक्का र ६ चौका निस्कियो ।

दोस्रो बलमा नेरी थापालाई आउट गरेकी अप्सरील तेस्रो बलमा सोनु खड्काले विकेट लिँदै ह्याट्रिक पूरा गरिन् । सरिता मगरले ९ रन बनाउँदा करुणा भण्डारीले २ रन बनाए ।

कोशी प्रदेशका लागि अप्सरी बेगमले ह्याट्रिक विकेट लिँदा खडियाले २ विकेट लिइन् । यसैगरी रुविना क्षत्री र निशा शाहले एक एक विकेट हात पारे ।समूह चरण र पहिलो क्वालीफायरमा एपीएफले कोशी प्रदेशलाई पराजित गरेको थियो । आज यसअघिका दुवै पराजयको बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ कोशी प्रदेश केहीबेरमा जवाफी ब्याटिङमा उत्रने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?