रेड्मी १२ सी को मूल्यमा छुट

लोकपथ
3.4k
Shares

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ सी को मूल्य घटाएको छ । कम्पनीले अंग्रेजीे नयाँ वर्षको अवसरमा रेड्मी १२ सीको मूल्य घटाएको हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेड्मी १२ सीमा अफर स्वरुप मुल्य घटाएको जानकारी दिए ।

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२ सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५ हजार एमएच ब्याट्रीको साथमा ठूलो ६.७१ ईन्च याच डी+ डिस्प्ले रहेको छ ।

रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रंगहरूमा उपलब्ध छ । यो ४÷६४ जीबी र ६÷१२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध छ । रेडमी १२ सी ४÷६४ जीबीमा कम्पनीले एक हजार पाँच सय रुपैयाँ घटाएको छ ।

यो फोन अब मात्रै १२ हजार ९९९ रुपैयाँमा पाईन्छ । यस्तै रेडमी १२ सी ६÷१२८ जीबीको फोनमा कम्पनीले एक हजार रुपैया छुट दिएको छ । यो फोनको मुल्य १५ हजार ९९९ रुपैयाँ तोकिएको छ । रेडमी १२ सीदेशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?