दीपक मनाङेका राइट ह्याण्ड पक्राउ

काठमाडौं, ११ कात्तिक ठमेलका व्यवसायीलाई धम्की दिएर चन्दा मागिरहेको गुनासोका आधारमा गएराती ठमेलबाट ५व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुशील गुरुङ नामका व्यक्तिसहितको पाँचसात जना रहेको बताइएको छ । सुशील विवादास्पद एमाले मनाङका नेता दिपक मनाङकै चेला रहेको प्रहरी स्रोत बताउँछ । प्रहरी रेकर्ड अनुसार ज्यानमार्ने उद्योगमा पक्राउ परेर कारवाही भोगेका व्यक्ति हुन् सुशील । गुरुङ विभिन्न गुण्डागर्दी प्रकरणमा समेत परिसकेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?