निर्णय हेरफेर गरेको आरोपमा बालेनले गरे सचिवालय प्रमुखसहित ३ कर्मचारी निलम्बन

लोकपथ
4.8k
Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीन जना कर्मचारीलाई निलम्बन गरेका छन् ।

मेयर शाहको सचिवालय प्रमुख सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी सोमबार निलम्बनमा परेका हुन् ।

कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोपमा मेयर शाहले उनीहरूलाई निलम्बन गरेका हुन् ।

वरिष्ठ शाखा अधिकृत बिडारीले छोरीलाई करारमा जागिर खुवाउन कार्यपालिकाको निर्णय फेरेको बताइएको छ ।

पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय फेरेर ५ जनाको ठाउँमा एक जना थपेर ६ जना बनाइएको बताइएको छ ।

शाखा अधिकृत बिडारीकी छोरीलाई जागिर खुवाउन बैठकको निर्णय नै २ पटक परिवर्तन गरिएको पाइएपछि मेयर शाहले थप अनुसन्धान गर्न उनीहरुलाई निलम्बन गरेका हुन् ।

महानगरले उक्त घटनामा सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?