चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ

लोकपथ
28
Shares

काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को डेरा गरी बस्ने २७ वर्षीया सुमित्रा तामाङको कोठाबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपुर ठिमि नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ४२ वर्षीय भुवन श्रेष्ठ र चितवन घर भई काठमाडौं महानगरपालिका-१३ बाफलस्थित सुनचाँदी पसल गरी बस्ने ५६ वर्षीय राजकुमार बिश्वकर्मा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?