मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु 

लोकपथ
154
Shares

रूकुम । मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु  भएको छ ।

चौरजहारी नगरपालिका-१ नाखिरामा कर्णाली प्रदेश ०२-००१ प ९०७४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री    सोही ठाउँ बस्ने ४० वर्षीय संगम प्रकाश गिरीको सोमबार राति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?