काठमाडौं । नेपाली पत्रकारिता तथा पत्रकारिता शिक्षाका शिखर व्यक्तित्व गोकुलप्रसाद पोखरेलको ८८ वर्षको उमेरमा भएको निधनप्रति इन्सेकले शोक व्यक्त गरेको छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले पुस १७ गते एक शोक वक्तव्य जारी गर्दै दुःखको यस घडीमा वरिष्ठ पत्रकार स्वर्गीय पोखरेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
’नेपाली पत्रकारितामा सामाजिक उत्तरदायित्वको भावना प्रसार गर्दै पत्रकारहरूलाई पहिलो पङ्क्तिको मानव अधिकार रक्षकका रूपमा दायित्वबोध गराउन उहाँले पत्रकार, विकासमुखी पत्रकार, जातीय विभेदविरोधी अभियन्ता, राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त, पत्रकारिता शिक्षक र प्रशिक्षकको भूमिका निर्वाह गर्नु भएको थियो ।’–शोक वक्तव्यमा भनिएको छ ।
मूलतः २०४६ सालपछि प्रारम्भ भएको नेपालको व्यवसायिक पत्रकारिताको आवश्यकता अनुरूपका जनशक्ति निर्माण गर्न उनले पत्रकारिता शिक्षा र प्रशिक्षणको क्षेत्रमा पुर्याएको योगदान अविस्मरणीय रहेको पनि अध्यक्ष अर्यालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया