कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर नराख्ने हर्कको अडान

लोकपथ
0
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने राजनीतिक दलका नेता कार्यकर्ताको प्रयास असफल भएको छ ।

केही दिन अघि मेयर हर्कले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर राजा यलम्बरको तस्बिर कार्यकक्षमा राखेका थिए ।

मंगलबार विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु त्यसको प्रतिकार गर्दै कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने पुगेका थिए । तर लामो छलफलपछि पनि मेयर हर्क राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न राजी नभएपछि वार्ता विफल भएको हो । मेयर हर्कले प्रधानमन्त्री स्वंम नआएसम्म आफूले उक्त तस्बिर नहटाउने अडान कायम राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?