काठमाडौं । १० करोडभन्दा बढी ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीय लाल बहादुर लामा रहेका छन् ।
श्री स्टार ट्रेनिङ सेन्टरमार्फत धेरै बेरोजगार युवाहरुलाई ठगेको उजुरीका आधारमा लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनलाई शंखमुलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीको बिभिन्न देशहरु लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरुमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
उनले विभिन्न व्यक्तिहरुबाट १० करोडभन्दा बढी रकम उठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । । साथै उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी समेत बरामद भएको प्रवक्ता रेग्मीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया