रुसी सेनामा सहभागी भएका स्याङ्जाका एक युवकको मृत्यु

लोकपथ
336
Shares

काठमाडौं । रुस–युद्धमा सहभागी भएका एक युवकको मृत्यु भएको भएको छ ।

रुसी सेनाका तर्फबाट युद्धमा सहभागी स्याङ्जाको वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर रुस गएका अर्याल को २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?