गठबन्धनबाटै राष्ट्रियसभा निर्वाचनमा सहभागि हुने माओवादीको तयारी

लोकपथ
518
Shares

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाटै निर्वाचनमा भाग लिने भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले गठबन्धनमा छलफल गरेर सहमतिका आधारमा नै गठबन्धनबाट अघि बढ्न लागेको बताए ।

‘राष्ट्रिय सभाको निर्वाचनमा हामी गठबन्धनबाटै भाग लिन्छौँ ।’ उनले भने, ‘राष्ट्रिय सभामा पार्टीमा छलफल चाँही भएको छ । जिम्मेवारी बाँडफाँड चाँही भएको छ । शैद्धान्तिक छलफल भएको छ । सिफारिस मागेका छाँै त्यो आएपछि कसरी अघि बढ्ुने भन्ने निर्णय हुन्छ ।’

त्यस्तै प्रधानमन्त्रीले आवश्यक्ता अनुसार मन्त्री हेरफेर गर्ने विषयमा पार्टीमा छलफल भएको बताए । अहिले गठबन्धन सरकार भएका कारण गठबन्धनमा आवद्ध अन्य दलहरुसँग राम्ररी छलफल गरेर मात्रै निर्णयमा पुग्ने उनले बताए ।

‘प्रधानमन्त्रीज्यूले आवश्यक्ता अनुसार मन्त्रीहरुको हेरफेर गर्ने कुरा गर्नुभएको छ । तर अहिले गठबन्धन सरकार भएका कारण हामी गठबन्धनमा राम्रोसँग छलफल गरेर मात्र अघि बढ्छौँ ।’ उनले भने ।

त्यस्तै अहिलेको समस्या समाधानका लागि माओवादीले जनताको कुरा सुन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?