खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग गर्दै सडक बहसमा नेविसंघ (तस्बिरसहित)

लोकपथ
147
Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विश्वविद्यालयलाई दलीय चक्रब्यूूहबाट मुक्त गर्न सडक बहस थालेको छ ।

नेविसंघले आज राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अघि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिसहित पदाधिकारीको नियुक्ती खुला प्रतिस्पर्धाबाट गर्न माग गरेको छ ।

शिक्षामा दलीयकरण भएको कारण विश्वविद्यालयको साख गिर्दै गएकोप्रति सकारको ध्यानाकर्षण गराउँदै नेविसंघले प्रधानमन्त्रीलाई पत्र समेत पठाएको छ ।

नेविसंघले उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाबाट, उपकुुलपति परिचय दलको झण्डा नहोस् ज्ञानको पुञ्ज होस्, राजनीतिक दाउपेज होइन प्राज्ञिक प्रतिस्पर्धाबाट नियुक्त गर, दलीय भागबण्डा अन्त्य गर, विश्वविद्यालयको पदहरु लिलामी नगर लगायतका पम्पलेटहरुसहित शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?