जनसंख्याको अभावमा बन्द भएको अस्पताल सञ्चालन


लोकपथ
प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार ११:५१

दमौली । जनशक्ति अभावले ६ महिनादेखि बन्द रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फूलबारी शहीद अस्पताल सञ्चालनमा आएको छ । गत असोजदेखि बन्द अस्पतालमा शुक्लागण्डकी नगरपालिकाले मेडिकल अधिकृतसहित ३ जना कर्मचारी नियुक्त गरेपछि आजबाट अस्पताल सञ्चालनमा आएको हो । 

समुदायबाट सञ्चालित फूलबारी सामुदायिक अस्पताल गत भदौ ३१ गते ढोरफिर्दी स्वास्थ्य चौकीमा समायोजन भएसँगै बन्द भएको थियो । अस्पतालको सेवा शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले बन्द अस्पतालमा सरकारको तर्फबाट दरवन्दी सिर्जना नभएपछि आन्तरिक स्रोतबाट नै तलब खुवाउने गरी अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले नगरको आन्तरिक स्रोतबाट एक मेडिकल अधिकृत, एक स्टाफ नर्स र एक ल्याव असिस्टेन्ट नियुक्त गरिएको बताए । उनका अनुसार अस्पतालमा १५ शैय्यामा सञ्चालनमा छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं ११ का वडाध्यक्ष दलबहादुर थापाले लामो समयदेखि अस्पताल बन्द हुँदा सर्वसाधारणलाई समस्या भएकोले नगरपालिकाको तर्फबाट दरवन्दी सिर्जना गरी अस्पतालमा सञ्चालनमा ल्याइएको बताए । उनले भने, ‘अझै पनि दरबन्दी अभाव नै छ तर केही कर्मचारी नियुक्त गरेर भएपनि सेवा शुभारम्भ गरेका हौं ।’

६ महिनादेखि अस्पताल बन्द हुँदा यस क्षेत्रका स्थानीय स्वास्थ्य उपचारबाट वञ्चित भएका थिए । सोही वडाका स्थानीयवासी भिमबहादुर थापाले अस्पताल सञ्चालन भएसँगै उपचारका लागि अन्यत्र धाउनु नपर्ने भएकोले सहज हुने बताए । अस्पतालबाट तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङजाको बिरुवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएका छन् ।

जर्मनी स्वंयमसेवी संस्था इभी कासेलको सहयोगमा सञ्चालित सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो । विसं २०५५ फागुनमा कासेलकोे सहयोगमा छब्दी र भक्कलमा फूलबारी सेवा केन्द्रका रुपमा सञ्चालित अस्पताल एक दशकयता साँखेबाट सञ्चालित थियो ।
 

प्रतिक्रिया दिनुहोस
सावधान ! गर्भ अवस्थामा भुलेर पनि नखानुस् यी ७ खानेकुरा

काठमाडौं । गर्भवस्थाको बेला धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ | यो अवस्थामा खानपानदेखी

पुरुषका लागि पनि गर्भनिरोधक जेल, वैज्ञानिक भन्छन्- यसरी प्रयोग गर्नुहोस्

काठमाडौं | अनिश्चित गर्भबाट बच्न महिलाहरु गर्भानिरोधकका विभिन्न अस्थाई साधन र औषधिका प्रयोग

साप्ताहिक राशिफल: साउन ४ देखि १० गतेसम्म यी राशिको भाग्य चम्किनेछ

काठमाडौं | आज २०७६ साल साउन, ४ गते शनिवार | साउन ४ देखि

यी ५ खानेकुरा, जसले पेनकिलरको काम गर्छ

तपाइँ यो कुरा जान्नुहोस् कि, मेडिकलमा पाइने पेनकिलर औषधीहरूले तपाईँको दुखाइ त कम