पुष्पलाललाई नेपालरत्नद्वारा विभूषित


लोकपथ
प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार ११:१९

काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गरेको छ । 

आइतवार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल श्रेष्ठ (मरोपरान्त)लाई ‘नेपालरत्न’द्वारा सुशोभित गरेकी हुन् । उक्त विभूषण पुष्पलालका छोरा उमेशलाल श्रेष्ठले ग्रहण गरेका थिए । 

त्यस्तै सङ्गीतज्ञ अम्बर गुरुङ (मरणोपरान्त) र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मानपदवीद्वारा राष्ट्रपतिले विभूषित गरिन् ।

साथै पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) एवं साहित्यकार दिनेशहरि अधिकारी, गायक तथा अभिनेता हरिप्रसाद रिमाल (मरणोपरान्त) र इतिहासकार प्रा दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी) पदकद्वारा विभूषित गरिएको छ । 

यसैबीच विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी), विभिन्न क्षेत्रका १ सय ६२ लाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवीद्वारा विभूषित गरिएको छ । 

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत सरकारद्वारा गत वर्ष संविधान दिवसका दिन घोषणा गरिएका उनीहरुलाई राष्ट्रपतिले आइतवार सुशोभित गरेकी थिइन् । 

उक्त सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थियो । 
 

प्रतिक्रिया दिनुहोस
कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति छैन : पौडेल

हेटौँडा–नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति नरहेको टिप्पणी गर्नुभएको

जापान सरकारले नेपाललाई गर्ने भयो ठूलो धनराशीको सहयोग

काठमाडौ । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशाधन विकास परियोजना

राहत लिएर तराई पुग्यो नेविसंघ

काठमाडौं । जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघले बाढी

गोकर्ण विष्टसँग गर्जिए सांसद, निर्देशिका र कार्यविधि बारे यस्तो स्पष्टोक्ती

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्नो मन्त्रालयको निर्देशिका र