नवलपरासीबाट विप्लव समूहका विद्यार्थी नेता रमेश बस्याल पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रतिबन्धीत नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । 

आइतवार बिहान घरमा खाना खान लागेका बेला प्रहरीले विप्लवका विद्यार्थी नेता रमेश बस्याललाई पक्राउ गरेको हो । 

उनी प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष थिए । पछि  पार्टी विभाजनपछि वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए ।

सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएपछि अधिकांश विप्लव पार्टी नेताहरु पक्राउ परेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?