आर्थिक रुपमा मजबुत बन्न नयाँ वर्षमा भित्र्याउनुहोस् यि बिरुवाहरु

लोकपथ
2.3k
Shares

काठमाडौं । आजदेखी २०२३ को अन्त्य हुँदैछ । भोली अर्थात् सोमबारदेखी हामी २०२४ लाई स्वागत गर्दैछौँ । २०२३ जस्तो भएपनि अब आउने नयाँ साल खुसियाली, सुख–समृद्धि, आर्थिक रुपमा मजबुत बनाउनको लागि तपाई नयाँ वर्षको समयमा यस्तो इनडोर प्लान्ट रोप्नुहोस्, जसले तपाईहरुको इच्छाको पूर्ति गर्छ ।

आज हामी तपाइहरुलाई नयाँ वर्षमा सुख समृद्धि ल्याउने केही बिरुवाहरुको बारेमा जानकारी दिनेछौँ ।

जेड प्लान्ट 

यो बिरुवा एकदमै राम्रो हुन्छ । यो साना साना पात भएको बिरुवा हो । यो बिरुवाको पातहरु गिलो गिलो हुन्छ । यो बिरुवालाई घरमा राख्नाले सुख–सौभाग्य, धन–धान्य, समृद्धिको कमी हुँदैन भन्ने मान्यता रहेको छ ।

यो बिरुवाको विशेषता भनेको हामीले पानी हालिराख्नु पर्दैन किनभने यसको पातले पानीलाई सोसेर राख्छ । माटो सुख्खा भएपछि मात्र हाल्नुपर्छ ।

बोनसाई

यो बिरुवाको डाँठ मोटो हुन्छ । यो रुख प्रजातिको बिरुवा हो । यो बिरुवालाई राम्रोसँग बढ्नको लागि घामको जरुरी पर्छ । त्यसैले यसलाई हामीले घरभित्र घाम आउने ठाउँमा राख्नुपर्छ ।

यो बिरुवालाई हामीले हप्ताको एकचोटी मात्र पानी हाल्नुपर्छ । नयाँ वर्षमा यसको बिरुवा आफ्नो घरमा रोपेर सबै दुःख र समस्याहरुसँग टाढा रहनुहोस् ।

पिस लिली 

पिस लिली एक्दमै राम्रो फूल हो । यसको रंग सेतो हुन्छ र यो रंग शाक्तिको प्रतिक हो ।

यसलाई हामीले घरमा शाक्ति र खुसीयालीको लागि रोप्ने गर्छौँ । यो बिरुवा कम पानी र कम घाममा पनि राम्रोसँग बाँच्न सक्छ ।

मनी ट्री 

मनी ट्रीले आर्थिक लाभ दिने गर्छ । यो बिरुवाको पातहरुलाई आर्थिक सफलताको प्रतीक मानिन्छ ।

 

यो बिरुवा बाह्रै महिना हरियो भएर बस्छ । हाम्रो घरको सोभा पनि बढाउँछ । यो बिरुवालाई हेरचाह गर्न पनि सजिलो छ । यसलाई हामीले त्यस्तो ठाउँमा राख्नुपर्छ जहाँ सिधा सूर्यको किरण पर्दैन ।

बैम्बो प्लान्ट 

बैम्बोको प्लान्ट प्रायजसो मानिसहरुले अफिस, डेस्क, घर, डाइनिङ वा स्टडी टेबलमा राख्न मन पराउँछन् ।

फेंगशुईमा

यो प्लान्टलाई सुख–समृद्धि, सौभाग्यको रुपमा मानिन्छ ।

तपाई पनि यसलाई नयाँ वर्षमा आफ्नो घरमा सुख–समृद्धिको लागि राख्न सक्नुहुन्छ । यसलाई तपाईले आधा माटो, ढुङ्गा र पानी भरेर गमलामा राख्न सक्नुहुन्छ । यो बिरुवालाई दिर्घायुको प्रतीक पनि मानिन्छ ।

ज्योतिष शास्त्रमा पनि यि बिरुवाहरुलाई शुभ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?