१२ औं आईपीएल : आजको खेलमा सन्दीपले खेल्ने सम्भावना न्यून ?

एजेन्सी । भारतमा जारी १२ औं इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ ।

आइतवार हुन गइरहेको उक्त खेलमा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।

७ खेलमा ४ वटामा विजयी भएको सन्दीपको दिल्ली क्यापिटल्स लिगको चौंथो स्थानमा छ भने ६ खेलमा ३ जीत हासिल गरेको हैदरावाद लिगको छैटौं स्थानमा छ ।

खेलको मूल्याङ्कन गर्दा नेपाली लेग स्पिनर सन्दीपकै स्थानमा खेल्ने किमो पाउलले तुलनात्मक रुपमा राम्रो खेलिरहेकाले सन्दीपलाई आज मैदानमा उतार्ने सम्भावना न्यून रहेको स्रोतले बताएको छ ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट मैदानमा हुन गइरहेको उक्त खेल राति ८ः१५ बाट शुरु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?