गजुरी बस दुर्घटनाः मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं । राजविराजबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३० पुगेको छ धादिङको गजुरी गाउँपालिका–५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा ११ पुरुष, ९ महिला, ६ बालक र ४ बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिलेसम्म मृतकमध्ये १३ जनाको सनाखत भैसकेको प्रहरीले जनाएको छ मृतकमध्ये आदित्य यादव, चन्द्रलेखा प्रमाणी, पार्वती चौधरी, सञ्जितकुमार झा, सुसान्त चौधरी, सिम्मीकुमारी झा, ममतादवी ठाकुर, रामानन्द यादव, नरेश मुखिया, मञ्जितकुमार झा, चन्द्रवती झा, राजकपुर यादव, चन्द्ररेखा प्रमाणीको सनाखत भएको छ दुर्घटनामा परि घाईते भएका १३ जनाको गजुरी अस्पतालमा उपचार भैरहेको छ भने अझै केही व्यक्ति हराईरहेका छन् राजविराजबाट काठमाडौंका लागि आएको ना ६ ख १४६६ नम्बरको बस शनिबार बिहान धादिङको बागेमोडस्थित त्रिशूली नदीमा खसेको थियो हराईरहेका यात्रुको खोजिका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने स्थानीय सर्वसाधारणले पनि खोजि कार्यका लागि सहयोग गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?