बिग बोसको नयाँ वर्षको प्रोमो सार्वजनिक, सलमान र धर्मेन्द्रको मस्ती

लोकपथ
1k
Shares

काठमाडौं । सलमान खानद्वारा सञ्चालित सो ‘बिग बोसु को १७औँ भागमा नयाँ वर्ष धुमधामसँग मनाइँदै छ । नयाँ वर्षको यो विशेष एपिसोडमा चर्चित अभिनेता धर्मेन्द्र मीका सिंह र सलमान खान एकैसाथ देखिएका छन् ।

एपिसोडमा सलमान खानका भाइहरु सोहेल खान र अरबाज खान पनि देखिएका छन् ।

हालै मात्र रिलिज भएको चर्चित चलचित्र ‘एनिमल’, सो चलचित्रमा बबि देओलको भाइरल गित ‘जमाल कुडू’मा पिता धर्मेन्द्रले नृत्य गर्न कोशिश गरिरहेको देखिएको छ ।

धर्मेन्द्रले मुखमा गिलास लगेर ‘जमाल कुडू’मा जस्तै नाचिरहेको र हत्केलामा गिलास सन्तुलन गर्ने कोशिश गरेको देखिन्छ । अन्य अभिनेताहरुले पनि धर्मेन्द्रलाई साथ दिएका छन् । क्रिसमसमा सन्नि देओलले पनि बबि देओलको जमाल कुडूमा नाचेका थिए ।

सोमा अभिनेताहरुले मस्ती गरेको देखेर फ्यानहरु पनि खुशी व्यक्त गरिरहेका छन् । फ्यानहरुले पनि रमाइलो खालको कमेन्ट गर्दै आफूलाई मनपर्ने अभिनेताहरु प्रति माया बर्साइरहेका छन् । उक्त भिडियोमा ‘नयाँ वर्षमा पाहुनाहरुले आफू भित्रको जनावरलाई नयाँ रुपमा प्रस्तुत गर्ने छन्’ भन्दै क्यापसन पनि लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?