ह्याङग ओभर हुँदा आउने समस्या र समाधानका उपायहरु

लोकपथ
4.4k
Shares

काठमाडौं । ह्याङग ओभर हुँदा टाउको दुख्ने, आँखा रातो हुने, मांसपेशीको दुखाई, पानी तिर्खा धेरै लाग्नु, उच्च रक्तचाप, मुटुको चाल बढ्नु, बाडुली आउनु जस्ता समस्याहरु आउँछन् । साथै यो बाहेक चक्कर लाग्नु, चिन्ता, मानसिक तनाव, चिडचिडापन आदी लक्षण देखापर्छन् ।

आज हामी तपाईहरुलाई ह्याङग ओभर हटाउने उपायहरुको बारेमा जानकारी दिँदैछौँ ।

पानीको सेवन धेरै गर्ने

ह्याङग ओभर हुँदा सबै भन्दा धेरै जरुरी भनेको अधिक पानीको सेवन गर्नु हो । पानीको अधिक सेवन गर्दा धेरै समस्याबाट बच्न सकिन्छ । रक्सीको प्रभावले पिसाब बारम्बार आइरहने हुन्छ । यसले शरीरको भासोप्रेसिन हर्मोनको उत्पादनलाई पनि रोक्न सक्छ । यो हर्मोनको कारणले नै मिर्गौलामा पिसाब उत्पादन हुन्छ । जसले गर्दा शरीरमा डिहाइड्रेशन हुन सक्छ र पखाला पनि लाग्न सक्छ ।

कार्बोहाइड्रेटको सेवन गर्ने

रक्सी पिउँदा ब्लड सुगरको मात्रा एकदमै कम हुन्छ । यसले गर्दा टाउको दुख्ने र चक्कर लाग्ने हुन्छ । साथै दिमागले पनि सहि तरिकाले काम गर्न सक्दैन । यति सम्म हुन्छ कि कोहि व्यक्तिले त खाना खान पनि बिर्सने हुन्छन् । यस्तो स्थितिमा फलफुलको जुस पिउनु फाइदाजनक हुन्छ । जुसले अलकोहलको प्रभावलाई छिट्टै कम गर्छ । यस बाहेक नरिवलको पानी पनि पिउन सकिन्छ ।

दुखाई कम गर्ने औषधि

रक्सीको नशा छिट्टै हटाउनको लागि दुखाई कम गर्ने औषधि एस्पिरिन वा आइबुप्रोफेन पनि प्रयोग गर्न सकिन्छ । बजारमा रक्सीको नशा हटाउन विभिन्न किसिमको औषधि पनि पाइन्छ । तर त्यस्ता औषधीहरु डाक्टरको सल्लाह बिना सेवन गर्नु हुँदैन् ।

कागतीको रस

नशा हटाउनको लागि कागतीको रसले राम्रो काम गर्छ । कागतीको रसले अल्कोहललाई चाँडै नै सोस्ने काम गर्छ र तुरुन्तै आराम मिल्छ । एक गिलास चिसो पानीमा कागतीको रस मिसाएर पानीको सेवन गर्नुपर्छ ।

अदुवा

अदुवामा छटपटी हटाउने औषधीयुक्त गुण रहेको हुन्छ । अदुवा ह्याङ्गओभर हटाउनको लागि पनि सेवन गर्न सकिन्छ । अदुवाले अल्कोहलाई छिट्टै पचाउने काम गर्छ जसले गर्दा ह्याङग ओभर हटाउन मद्दत गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?