काठमाडौं । बालकुमारी घटनाबारे उच्चस्तरीय न्यायिक समितिमार्फत् छानबिन गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
सत्तागठबन्धन घटक नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठकले बालकुमारीमा दुई युवाको मृत्यु भएको विषयमा छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति बनाउन सरकारसँग माग गरेको हो ।
उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेर घटनाको सत्यतथ्य पत्ता लगाउन दोषीलाई कानूनी कारबाही गर्न र मृतक परिवारका एकजनालाई रोजगारी र उचित क्षतिपूर्तिको समेत माग गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
बालकुमारीमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका-१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया