बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने, मुद्धा पनि नचलाइने

लोकपथ
1.7k
Shares

काठमाडौं । प्रहरीले ललितपुरको बालकुमारीस्थित प्रदर्शन स्थलबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय गरेको छ ।

पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरिएकाहरुलाई मुद्धा पनि नचलाउने भएको बताएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।

प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?