काठमाडौं । सरकारले बालकुमारी घटनामा मारिएका २ युवकको परिवारलाई जनही १० /१० लाख राहत दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
मृतकका परिवारलाई प्रति परिवार १० लाख उपलब्ध गराउने र उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च पनि सरकारले बेहोर्ने निर्णय गरेको उनले बताइन् ।
शुक्रबार बिहान ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा २ युवकको ज्यान गएको थियो । बालकुमारी घटनाबारे निर्णय गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया