सातामा सेयर बजार : नेप्से दुई हजार ६८ अंकमा, तीन दिनमा १६ अर्ब भन्दा बढीको कारोबार

लोकपथ
221
Shares

काठमाडौं । गत साता लगानीकर्ताहरुको निकै उत्साहजन देखिएको सेयर बजारले यो साता भने लगानीकर्ताहरुमा कुनै उत्साह ल्याउन सकेन । नियमित कारोबारको लागि सातामा तीन कार्य दिन मात्र खुल्ला रहेको नेप्से सातभर लगातार ओरालोमा नैं बित्यो । सोहीकारण लगानीकर्ताहरु यो साता सेयर बजारप्रति उत्साहित हुन सकेनन् ।

नेप्से सातामा दुई हजार ६८ दशमलव ९० अंकमा सिमित भयो भने क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स तीन सय ८५ दशमलव ४४ अंकमा सिमित हुन पुग्यो । कुल तीन सय नौं वटा कम्पनीहरुको १३ लाख ४७ हजार तीन सय ३६ पटकको कारोबारमा चार करोड ४५ लाख ८५ हजार दुई सय २७ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १६ अर्ब ६५ करोड १४ लाख ४७ हजार सात सय ३८ रुपैयाँ पुग्यो । यो कारोबार रकम गत साताको तुलनामा १६ अर्ब रुपैयाँले कम हो ।

गत साता नेप्सेमा तीन सय १३ वटा कम्पनीहरुको पाँच लाख ३८ हजार एक सय ६५ पटकको कारोबारमा नौं करोड २२ लाख ५६ हजार नौं सय ७५ कित्ता शेयर किनबेच भएको थियो । सो अनुसार उक्त साता कुल कारोबार रकम ३१ अर्ब २९ करोड ४६ लाख २३ हजार सात सय छ रुपैंयाँ ६४ पैसा पुगेको थियो । नियमित कारोबारको लागि यो साता नेप्से तीन कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो, चौंथो र पाँचौं दिन नेप्से लगातार घटेको थियो भने दोस्रो र तेस्रो दिन सार्वजनिक बिदा परेका कारण बन्द रहेको थियो ।

जसमध्ये पहिलो दिन २१ दशमलव शुन्य तीन अंकले घटेर दुई हजार ८८ दशमलव शुन्य सात अंकमा खुम्चिएको नेप्से चौंथो कारोबार दिन पनि १७ दशमलव २३ अंकले घटेर दुई हजार ७० दशमलव ८४ अंकमा सिमित हुन पुगेको थियो । पाँचौं दिन पनि नेप्से एक दशमलव ९३ अंकले घटेर दुई हजार ६८ दशमलव ९० अंकमा सिमित हुन पुगेको थियो । यसैगरी पहिलो दिन पाँच दशमलव २९ अंकले घटेर तीन सय ९१ दशमलव ३३ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन चार दशमलव २५ अंकले घटेर तीन सय ८७ दशमलव शुन्य सात अंकमा सिमित हुन पुगेको थियो । पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स एक दशमलव ६२ अंकले घटेर तीन सय ८५ दशमलव ४४ अंकमा सिमित हुन पुगेको थियो ।

यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नेपाल पुर्नबीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?