पूर्वराजा शाहद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७६ को शुभकामना दिएका छन् । 

शनिवार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले नयाँ वर्षको आरम्भ प्रहरमा नेपाल भित्र र बाहिर रहेका समसत नेपालीहरुमा सुख, शान्ति तथा सुमन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गरेको हुन् । 
‘यतिखेर हामीले वितेका निकट अतितका वर्षहरुको सुष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नै पर्दछ । हामीले अब केवल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटीलाई मात्र अंगालेर पुग्दैन । जनताको घर दैलोमा हामी पुग्दा जनताकाअनगिन्ती समस्या र दुर्दान्त पीडा रहेको पाएका छौँ’ जारी विज्ञप्तिमा लेखिएको छ । 

‘लाखौँ नेपाल काम, माम र दामका निम्ति विदेशी भूमिका भौतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने, यस्तो जानुक अवसथामा अझै कति रही रहने ? स्वतन्त्र, सार्वभौम, स्वाधिनता एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाधिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्छन’ पूर्वराजा शाहद्वारा जारी विज्ञप्तिमा उल्लखे छ । 

मुलुक प्रति आफू अडिक गरेको बताउँदै पूर्वराजा शाहले भने, ‘राजनीतिक देश सुहाउँदो प्रजातान्त्रिक मुल्य मान्यतामा आधारित राजनीतिक, शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप कार्यपालिका, न्यायपालिका र व्यवसथापिका सञ्चालन हुनु पर्दछ भन्ने सधै हाम्रो विश्वार रही आएको छ । विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए तिनको आत्म समिक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि निष्ठावान् र एक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’ 

राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरीकको साथमा आफू सदैव रहने पूर्वराजा शाहले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?