नयाँ वर्षदेखि ‘खोलौं बैंक खाता’ अभियान, खाता खोल्दा एक सय उपहार

काठमाडौं । सरकारले नयाँ वर्षदेखि बैंक तथा वित्तीय संस्थामा खाता खाल्नेलाई उपहार दिने भएको छ । 

वैशाख १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा सर्वसाधारणले १ सय रुपैयाँ उपहार पाउने भएको हो । 

सरकारले २०७६ को वैशाख १ गतेदेखि ‘खोलौं बैंक खाता’ अभियान शुरु गर्ने भएको हो । साथै सरकारले सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थाप्रति आकर्षित गर्न यस्तो रणनीति अपनाउन लागेको हो । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बुधवार परिपत्र जारी गर्दै २०७६ सालमा खोलिएका खातामा १ सय रुपैयाँ राखिदिन निर्देशन दिइसकेको छ । 

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते  अर्थात् भोलि (आइतवार) ‘खोलौं बैंक खाता’ अभियानको शुभारम्भ गर्दैछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?