ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने

लोकपथ
35
Shares

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्षको अवसरमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ आयोजना गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी समितिले पुस १५ मा सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।

‘नयाँ वर्ष शुभारम्भको अवसरमा ठमेल पर्यटन विकास परिषद्को आयोजनामा विगत वर्षहरुमा जस्तै यसवर्ष पनि नयाँ वर्ष २०२४ शुभारम्भको पूर्व सन्ध्यामा न्यू इयर इभ ठमेल सडक महोत्सव आयोजनागर्न लागेको अवगत गराउन चाहन्छौँ’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ वर्षको पूर्वसन्ध्यामा पौष १५ गते (३१ डिसेम्बर २०२३) आइतबार साँझ ५ः३० बजे ठमेल त्रिदेवीमार्ग कर्मचारी सञ्चयकोष भवन अगाडि कार्यक्रम हुनेछ ।’

कार्यक्रममा नेपाली मौलिक कला, विशिष्ट व्यक्तिहरुबाट शुभकामना सन्देश साथै विभिन्न साङ्गीतिक तथा सांस्कृति कार्यक्रम गरी २०२३ लाई विदा गर्दैै २०२४ लाई स्वागत गरिने जनाइएको छ । कार्यक्रम राती १२ः३० बजे समापन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?