काठमाडौं । उच्च अदालत पाटनले ईपीएस भाषा परीक्षामा सबैलाई सहभागी गराउन आदेश दिएको छ ।
न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।
सिपबिल्डिङमा फेल भएका करिब ३० हजार मध्ये यसभन्दा अगाडि उच्च अदालतमा मुद्दा हालेका १८ जनाले मात्रै आवेदन दिन पाउने भएका थिए भने अब सिपबिल्डङको भाषा परीक्षामा फेल भएका सबैले आवेदन दिन पाउने छ ।
आज बिहानैदेखि भाषा परीक्षा दिन बञ्चित युवाहरुले बालकुमारीमा प्रदर्शन गरेका थिए । सोही क्रममा आक्रोशित युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए ।
प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया