१४ मङ्सिर २०८०, बिहीवार

पोखराबाट शेरबहादुरको उद्घोषः राणा शासन फाल्यौं, पञ्चायत फाल्यौं, अब कम्युनिष्टको पालो

२०७४,कार्तिक,११,शनिवार ०९:४४

0
Shares

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राणा शासन, पञ्चायत लगायत लोकतन्त्र र जनअधिकार विरोधी शासन व्यवस्था अन्त्यको अगुवाई गरेको कांग्रेसलाई कम्युनिष्टहरुको एकताले छुन नसक्ने दाबी गरेका छन् कास्कीको पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालका कम्युनिष्टहरुको पछिल्लो ध्रुवीकरण लोकतन्त्र र राष्ट्रियताका लागि गम्भिर चुनौति बनेकाले यो चुनावमा डटेर सामना गर्नुपर्ने बताए प्रधानमन्त्री समेत रहेका सभापति देउवाले २००७ सालमा राणा शासन फाल्न, ०४६ सालमा पञ्चायत फाल्न एकजुट भएको कांग्रेस फेरि एक पटक कम्युनिष्टहरुको अधिनायकवाद ल्याउने सपना भताभुंग पार्न एक हुनुपर्ने बेला आएको बताए देउवाले मंसिर १० र २१ मा हुने चुनाव लोकतन्त्र पक्षधर र अधिनायवादीहरुका बीचको लडाईं भएको बताए । देउवाले डर त्रासबाट मुक्त समाज निर्माणका लागि कांग्रेसको विकल्प नरहेको बताउँदै कम्युनिष्टहरुले साम्यवादको नारा दिएर नेपाली समाजलाई त्रासतर्फ धकेलेको आरोप लगाए कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माणको खाका कांग्रेससँग मात्रै भएकाले आगामी चुनावमा कांग्रेसलाई अत्याधिक बहुमत दिन आग्रह गरे कार्यक्रममा अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्का सहित उक्त पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरे । यस्तै राप्रपाका पूर्व सांसद तथा उद्योगपति सूर्यबहादुर केसीलगायतका नेता कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार ०९:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८