ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकपथ
56
Shares

मोरङ । ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

रंगेली नगरपालिका-८ दर्बेसामा ना.६ त ५४९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ झमनपुर बस्ने ६८ वर्षीय नारायण राजवंशीको शुक्रबार दिउँसो घट्नास्थलमै मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टर चालक र सहचालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?