प्रहरीले चलाएको गोली मोबाइलमा लाग्दा बाँच्यो एक प्रदर्शनकारीको ज्यान

लोकपथ
9.4k
Shares

काठमाडौं। बालकुमारी प्रदर्शनमा प्रहरीले चलाएको गोलीबाट एक प्रदर्शनकारीको ज्यान जोगिएको छ । प्रहरीले चलाएको गोली घटनास्थलमै रहेका एक प्रदर्शनकारीको झोलामा लागेको थियो ।

गोली उनको झोला भित्र रहेको मोबाइल फोनमा लागेको थियो । गोलीले उनको मोबाइल फोन पनि फुटेको थियो । गोली मोबाइलमा लागेकाकारण उनलाई कुनै क्षेती भने हुन पुगेन ।

त्यस्तै, प्रदर्शनमा प्रहरीले चलाएको गोली लागर एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको थियो । भने एक जना घाइतेको अवस्था गम्भीर रहेको छ । प्रहरीको गोली लागेपछि ती घाइतेलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ । घाइते उनको हाल आईसीयूमा उपचार भइरहेको छ ।

ईपीएसमार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो ।प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?