काठमाडौं। बालकुमारीमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।
ईपीएसमार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो ।प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया