काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । कोरिया जानका लागि दिइने इपीएस परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।
प्रहरी टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका छन् । मन्त्रीसवार गाडीमा आगजनी भएपछि अहिले बालकुमारीमा बाक्लो रुपमा प्रहरीको परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया