सरकारी अराजकता र प्रतिपक्षको मौनताविरुद्ध नेविसंघको खबरदारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौनता देखाएको भन्दै नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौंमा खबरदारी सभा गरेको छ । 

दुईतिहाइको सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि जनताको भावनाअनुरूप काम गर्न नसकेको नेविसंघको आरोप छ ।  

नेवि संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्य र संघकै निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी काफ्लेले वर्तमान सरकारले महँगी, भ्रष्टाचार र बलात्कारलाई निरुत्साहित गर्नुको सट्टा उल्टै प्रश्रय दिइरहेको आरोप लगाएका हुन् । 

सरकारको अराजकतामा कांग्रेस नेतृत्व मौन रहेकोमा आक्रोशित हुँदै काफ्लेले पार्टीका सभापति पाटी कब्जा गर्न ब्यस्त भएको भन्दै प्रधानमन्त्री देश कब्जा गर्न यी दुवै अधिनायकवादी नेतृत्वको खिलापमा रहेको बताए । 

पार्टी सभापति गुठभन्दा माथी उठेर समग्र पाटीको नेता बन्न अनुरोध गर्दछु फरक प्रसङ्गमा काफ्लेले नेविसंघमा अब बन्ने समित विधानानुसार ३२ तलको ल्याउन माग उनको छ । उनले भने, 'विधान मिच्ने काम पार्टीबाट भयो भने विधानलाइ टेकेर ३२ वर्ष तलको अर्को समिति ल्याउन हामी बाध्य हुन्छौं ।'

कार्यक्रममा उपत्यकाका विभिन्न क्याम्पसका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरूले वर्तमान सरकार अराजक बन्नुमा सरकार स्वयं जति जिम्मेवार छ, त्यति नै मात्रामा प्रतिपक्षी दल कांग्रेस पनि जिम्मेवार रहेको बताए । प्रतिपक्षी कांग्रेसले खबरदारी नगरेकै कारण सरकारले एकपछि अर्को गलत काम गर्दै अघि बढेको उनीहरूको आरोप छ ।
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?