सर्लाही । अवैध लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईश्वरपुर नगरपालिका-१३ स्थित १२ नम्बर टोल बस्ने ३२ वर्षीया बेबी ठाकुरलाई अवैध लागुऔषध गाँजा करिब ५ केजीसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
ठाकुरले आफ्नै किराना पसलमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय केशरगंज र प्रहरी चौकी गौरिशंकरबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया