‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)


लोकपथ
प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १०:१६

काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र ‘दाल भात तरकारी’ मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका हुन् । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

चलचित्र ‘दाल भात तरकारी’को ट्रेलरमा विशेषगरि मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई जोड दिएको छ ।  

अमेरिका जानका लागि जुनसुकै हतकण्डा अपनाउन पनि पछि नपर्ने एक परिवारको कथा यो चलचित्रमा देखाइएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा बस्नेत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ । रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । दिर्घ गुरुङले छायाँकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् । फिल्म वैशाख २० गते देखि रिलिज हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस
‘लभ यु हमेशा’ भदौ २७ गतेदेखी

काठमाण्डौं । चलचित्र ‘लभ यु हमेशा’ भदौ २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ

फिट केकीका हिट तस्विर (फोटो फिचर)

काठमाडौं । नायिका केकी अधिकारी अभिनित चलचित्रले ठूलो सफलता नपाएपनि चर्चा सदाबहार छ

‘सरौतो’ टिजर (भिडियो सहित)

काठमाडौं । नेपाली चलचित्र ‘सरौतो’ को टिजर सार्वजनिक भएको छ । चलचित्रमा सुमी

साम्राज्ञीको हट अबतार (फोटो फिचर)

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चलचित्र ‘मारुनी’ रिलिजको क्रममा छ । साम्राज्ञीको