काठमाडौं । केन्द्रीय समितिको बैठकमा सहभागी हुन पूर्वगृहमन्त्री बालकृष्ण खाण सानेपा पुगेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि ७ महिना थुनामा बसेपछि धरौटीमा रिहा भएका खाण सानेपामा पुगेका हुन्।
खाण भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा रिहा भएका थिए। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसकोे केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबारदेखि सुरू भएको बैठकमा सरकारका मन्त्री र केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया