स्ववियु चुनावको नयाँ मिति प्रस्ताव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ दोस्रो साता स्ववियु निर्वाचन प्रस्ताव गरेको छ । यसअघि फागुन १४ गते हुने भनिएको स्ववियु चुनाव हुन नसकेपछि नयाँ मिति प्रस्ताव गरिएको हो ।

बिहीबार केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिले विद्यार्थी संगठनहरुसँग संयुक्त छलफल गरेको थियो । 

बैठकमा नेविसंघका प्रतिनिधि कोही पनि उपस्थित नभएकाले ठोस मिति घोषणा भने भएन । नेविसंघ कार्यसमिति हाल भंग भएकाले बैठकमा प्रतिनिधित्व नभएको हो ।

बैठकमा नेकपा सम्बद्ध अनेरास्ववियु र अनेरास्ववियू अखिल ९क्रान्तिकारी० तथा मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?