सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै

लोकपथ
351
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतमा भइरहेको सुनुवाइमा जाहेरवालाको तर्फबाट १० जना वकिलले बहस गरिसकेका छन् । सन्दीपको तर्फबाट ६ जना वकिलले बहस गरिसकेका छन् भने अझै २ जनाको बहस बाँकी छ ।

बिहीबार बहस नटुङ्गिएपछि आजका (शुक्रबार) लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ आज नै टुङ्ग्याउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?