काठमाडौं । पार्टी एकता लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा शीर्ष नेताहरु चन्द्रागिरी पुगेका छन् ।
पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपा महासचिव विष्णु पौडेल लगायतका शीर्ष नेताहरु चन्द्रगिरी पुगेका हुन् ।
बिहीवार रातिसम्म चन्द्रगिरीमा बसेको बैठकमा पार्टीभित्र देखिएको विवादलाई कसरी समाधान गर्ने, पार्टी एकता टुंगो लगाउने विषयमा केन्द्रीत रहि छलफल भएको नेकपाका एक नेताले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया