यती एयर दुर्घटना : आयोगले बुझायो अन्तिम प्रतिवेदन

लोकपथ
910
Shares

काठमाडौं । दुर्घटना जाँच आयोगले पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाबारे न्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ ।

२०७९ माघ १ मा पोखरामा भएको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो ।

दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँच आयोगको निष्कर्ष रहेको छ ।

यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो ।

दुर्घटनाको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो ।

जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोहीकारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको रहेको आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । साथै उनले यस पटक दुर्घटना जाँच आयोगमा धेरै राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञहरु परिचालन गरी अध्ययन गरिएको समेत बताए ।

नेपाली आन्तरिक हवाई उडानको यो सबैभन्दा विनासकारी दुर्घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?