स्थानीय तहका जनप्रतिनिधिका काम कारबाहीमा अख्तियारको निगरानी

पर्वत । स्थानीय तहमा अनियमितता र भ्रष्टाचारको गुनासो बढ्न थालेपछि जनप्रतिनिधिका काम कारवाहीमा अख्तियारले निगरानी बढाउने भएको छ । 

आयोग क्षेत्रीय कार्यालय, पोखराले हिजो (बिहीवार) पर्वतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सावित्री गुरुङले  आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताबारे निगरानी बढाएको बताएकी हुन् । 

साथै उनले अनियमितता गर्नेलाई जुनसुकै बेला पनि कारवाही हुनसक्ने प्रष्ट समेत पारिन् ।

स्थानीय तहमा जथाभावी नियम बनाउने र अनावश्व रुपमा खर्च गर्ने प्रवृत्तिमा वृद्धि भएको भन्दै प्रचलित कानूनले वर्जित गरेका का मगर्ने जनप्रतिनिधि भ्रष्टाचारको अभियोगमा पर्ने खतरा रहेको आयुक्त गुरुङले बताइन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?