हलमा ‘ए मेरो हजुर ३’ भर्सेस ‘यात्रा’

काठमाडौं । आज  शुक्रवारबाट यस वर्षका अन्तिम र निकै आश गरिएका दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ प्रदर्शनमा आएका छन् । 

यी दुई फिल्मले खडेरी लागेको नेपाली फिल्मको व्यापार चलायमान बनाउने आश फिल्मकर्मीलाई छ ।

तीन हलिउड फिल्मका कारण मल्टीप्लेक्समा कम सोज पाए पनि देशभर रहेका सय बढी सिंगल स्क्रिन भने दुई फिल्मले बराबर हात पारेका छन् । 

‘ए मेरो हजुर ३’ लाई  निर्देशक झरना थापाले निर्देशन गरेकी हुन् । यही फिल्मको दोस्रो सिरिजबाट उनी फिल्म निर्देशनमा होमिएकी थिइन् । यो फिल्मबाट उनले आफ्नी छोरी सुहानालाई डेब्यू गराएकी छिन् । युवापुस्ताका दर्शकले पत्याएका अभिनेता अनमोल केसी फिल्ममा लिड रोलमा छन् । यसमा सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको अभिनय छ । सुनिल कुमार थापा फिल्मका निर्माता हुन् ।

यस्तै, ‘ए मेरो हजुर २’ बाट सानदार डेब्यू गरेका अभिनेता सलिनमान बनियाको दोस्रो फिल्म हो ‘यात्रा’ । यसमा उनी भ्लगरको भूमिकामा छन् । सम्राट शाक्य निर्देशित फिल्ममा मलिका महत, सलोन बस्नेत, रेअर राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?