स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

लोकपथ
49
Shares
मोरङ । स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका-६ केशलिया मार्गबाट स्रोत नखुलेको नगद १९ लाख ९० हजार रूपैयाँसहित सुनसरी देवानगंज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्र प्रसाद साहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले को.७ प ५२२१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?