पोखरा घोषणा पत्र जारी गर्दै जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन आज सकिदै

कास्की । नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन आज (शुक्रवार) सकिदैछ । 

पोखरा घोषणा पत्र जारी गर्दै कांग्रेस जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन आज सकिन लागेको हो । 

सम्मेलन हिजो (बिहीवार)देखि पोखराको सभागृहमा शुरु भएको थियो । 

समूह विभाजन गरी केहीबेरमा शुरु हुने बन्द सत्रमा विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमिति अध्यक्ष गोविन्द पुडासैनीले बताए ।

छलफलपछि प्राप्त निष्कर्षलाई समेत समेटेर सम्मेलनले पोखरा घोषणा पत्र जारी गर्ने बताउँदै उनले अधिकांश कार्यपत्र नेतृत्वलाई दबाब दिंदै पार्टीलाई एक ढिक्का बनाउन केन्द्रीत हुने जानकारी दिए ।

सरकारको काममा असन्तुष्टि जनाउँदै आएको प्रतिपक्षी दल कांग्रेसले सरकार विरोधी सडक आन्दोलन गर्ने तयारी समेत गरेको छ । 

६० जिल्लाका कोषाध्यक्षको उपस्थिति रहेको सो सम्मेलनको उद्घाटन सत्रमा हिजो पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत शीर्ष नेताहरुको उपस्थिति थियो ।

यसअघि काठमाडौंमा पहिलो र नुवाकोटमा दोस्रो सम्मेलन सम्पन्न भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?