सुनको मूल्यमा रेकर्ड ब्रेक

लोकपथ
5.7k
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले  हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (आज) बिहीबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

आज छापावाल  सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँमा कारोबार  भइरहेको छ  । बुधबार छापावाल सुनको मुल्य एक लाख २० हजार ७०० रुपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला एक लाख २१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदी एक हजार ४ सय ९० रुपैयाँ कारोबार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?