१८ फाल्गुन २०८०, शुक्रवार

७० वर्षे सफिनाले जन्माइन् जुम्ल्याहा बच्चा

२०८०,पुष,१२,बिहीवार १२:१९

1.692k
Shares

काठमाडौं । युगान्डाकी एक ७० वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । मेडिकल साइन्सका अनुसार, यो उमेरमा बच्च जन्माउनुलाई चमत्कारको रुपमा उल्लेख गरिएको छ ।

७० वर्षिया सफिना नामुक्वेयाले राजधानी कम्पालाको एक अस्पतालमा छोरी र एक छोरालाई जन्म दिएकी हुन् । बीबीसीका अनुसार सफिना नामुक्वेयाले कम्पालाको प्रजनन केन्द्रमा सिजेरियन अपरेशन गरेर जुम्ल्याहा बच्चा जन्माएकी छन् ।

अस्पतालले सफिना नामुक्वेयालाई बधाई दिँदै उनलाई बच्चा जन्माउने सबैभन्दा वृद्ध महिलामध्ये एक भएको बताएको छ । महिला अस्पताल इन्टरनेशनल र प्रजनन केन्द्रका विशेषज्ञ डा. एडवर्ड तामालेले महिलाले इन–भिट्रो निषेचन प्रक्रियाका लागि डोनरको डिम्ब र आफ्नो पार्टनरको शुक्रकीट प्रयोग गरेको बताए ।

शिशुहरू ३१ हप्तामा समय नपुग्दै जन्मेका थिए र इन्क्यूबेटरमा राखिएको छ । दुवै शिशु अहिले स्वस्थ छन् ।
सामान्यतया महिलाहरू ४५ देखि ५५ वर्षको उमेरमा मेन्सुरेसन अनियमित हुने गर्छ । यस समयमा प्रजनन क्षमता घट्छ तर औषधिको विकासले उनीहरूलाई बच्चा जन्माउन सम्भव बनाएको छ ।

प्रकाशित मिति: २०८०,पुष,१२,बिहीवार १२:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरु सामना गरिरहेकाले यो

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् । रुस युक्रेन युद्ध

काठमाडौं । पाकिस्तानमा अब राष्ट्रपति चुनावको तयारी सुरु हुँदै छ । आम निर्वाचन सम्पन्न भइसकेकाले पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदका

काठमाडौं । पाकिस्तानको पञ्जाब र सिन्धका विधानसभाहरू बोलाएर मुख्यमन्त्रीहरूलाई सपथ खुवाएको एक दिनपछि जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानख खानको

ताजा समाचार

‘फास्ट ट्रयाक २०८३ सम्म तयार हुन्छ’
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:४०
नेपालले नामिबियालाई हरायो
 २०८०,फाल्गुन,१८,शुक्रवार १५:१३
नामिबियाको चौथो विकेट पतन
 २०८०,फाल्गुन,१८,शुक्रवार १४:३८