त्रिशूली बस दुर्घटना स् मृत्यु हुने १२ जनाको सनाखत

काठमाडौं, कात्तिक ११ – धादिङको गजुरी नजिकबाटै त्रिशूली नदीमा खसेको बसबाट २० जनाको शव निकालिएको छ । अहिलेसम्म ज्यान जाने १२ जनाको सनाखत भएको छ सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बर बस शनिबार बिहान गजुरी नजिकै घाटबेसीको बाँङ्गेमोड भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा सो भयानक दुर्घटना भएको हो सनाखत भएकाहरूबोदे बर्साइन ३ की चन्द्ररेखा प्रणामीसप्तरी नेरआका २४ वर्षका रामान्द यादव,सप्तरी नेरआकी २५ वर्षकी पार्वती र ३ वर्षका सुशन चौधरीसहचालक देउराली मरुवाका नरेश मुखियाराजविराज नगरपालिका १६ का ७४ वर्षकी चन्द्रावती झासिरहा गोलबजार ८ का ५० वर्षका राजकुमार यादवभारत मधुवनीका ममतादेवी ठाकुरसप्तरी तिलाठी ६ की ३५ वर्षकी सिटीकुमारी झातिलाठी ३ का ३८ वर्षका रञ्जितकुमार झातिलाठी १ का ३३ वर्षका मञ्जितकुमार झाबोदे बर्साइन २ का ६ वर्षका आदित्य यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?