विजयकुमार गच्छदारले निधिलाई बुझाए क्रियाशिल सदस्यहरुको नामावली

काठमाडौं । उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा रहेका देशभरका क्रियाशिल सदस्यका साथै महाधिवेश प्रतिनिधि र महासमिति सदस्यको नामावली सहितको विवरण विमलेन्द्र निधिलाई बुझाएका छन् । 

नेपाली कांग्रेसको पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्नका लागि गठित समायोजन समितिको बिहीवार पार्टी उपसभापति एवं समायोजन समितिका संयोजक निधिको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा रहेका देशभरका २५ हजार ४ सय ६८ जना क्रियाशिल सदस्यका साथै महाधिवेश प्रतिनिधि र महासमिति सदस्यको नामावली सहितको विवरण निधिलाई हस्तान्तरण गरेका छन् । 

कांग्रेसको गत कात्तिक २० गते बसेको बैठकले दुई पार्टीको सांगठनीक संरचना, भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको समायोजन गरी पार्टी एकता सम्बन्धी आवशयक कार्य गर्नका लागि निधिको संयोजकत्वमा समिति गठन गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?