गण्डकी प्रदेश सरकारद्वार प्रदेश २ सरकारलाई एक करोड आर्थिक सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रदेश २ सरकारलाई एक करोड आर्थिक सहयोग गर्ने भएको छ । 

यही चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी आँधीबाट प्रभावितको आवास निर्माणका लागि गण्डकी प्रदेश सरकारले प्रदेश २ सरकारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

प्रदेश मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले सो निर्णय गरेको हो । 

सकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार बारा र पर्सामा आएको विनाशकारी आँधीले क्षति भएका आवास बनाउन सो रकम सहयोग गरिएको हो । 

प्रदेशको विपद व्यवस्थापन कोषबाट सो रकम प्रदेश सरकारको खातामा पठाइने उनले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?